आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्दै सरकार

सरकारले आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्दैछ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार आजदेखि अभियान शुरू गरी आउँदो फागुन ३० गतेसम्म सञ्चालन गरिने भएको छ । पछिल्लो समय सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भएपनि त्यसमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा. केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहने बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.