सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताको पूर्ण पाठ:
१. शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण
२. भाद्र २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार
३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य
४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता
५. नेपालको संविधानमा गर्नुपर्ने सुधार
६. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व
७. पारदर्शिता
८. अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता
१०. सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन
दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ।






















































