हेटौंडा। हेटौंडाको ओम अटो मोबाइल्सले रोयल इन्फिल्ड हन्टर ३५० ९२०२५ एडिसन० बुधबार सार्वजनिक गरेको छ । नयाँ मोडेललाई युवापुस्तालाई लक्षित गर्दै बजारमा ल्याइएको शोरूमले जनाएको छ ।
कार्यक्रममा सञ्चालक दिविस गोबिन्द जोशीले मोटरसाइकलका फिचर, रङ र मूल्यबारे जानकारी दिए । उनका अनुसार नयाँ हन्टर ३५० चार रङमा उपलब्ध छ । रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रेमा रङमा उपलब्ध रहेको जोशीले जानकारी दिए । यी रङहरू विश्वका प्रसिद्ध शहरको सांस्कृतिक शैलीबाट प्रेरित रहेको उनले बताए ।
यो मोडेलमा पहिलोपटक स्लिप असिस्ट क्लच जडान गरिएको छ। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल ब्द्यक्, ीभ्म् हेडलाइट, सुधारिएको सीट, एर्गोनोमिक डिजाइन, र ‘ट्रिप नेभिगेटर’ अप्सन जस्ता सुविधा थपिएको छ । जोशीका अनुसार यी फिचरले दैनिक यात्रा र शहरी सडकमा सवारी अनुभव सहज बनाउँछ ।
उनले हन्टर ३५० युवा र शहरी प्रयोगकर्ताको रुचिलाई ध्यानमा राखेर बनाइएको मोडेल भएकाले हेटौंडा बजारमा राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे। ओम अटो मोबाइल्सले बुकिङ खुला गरेको छ र टेस्ट राइड सुविधा उपलब्ध रहेको जनाएको छ।






















































