तत्कालीन माओवादी मनहरी अध्यक्ष घलानले पार्टी परित्यागको घोषणा

मकवानपुर।  करिब तीन दशकसम्म माओवादी आन्दोलन र रूपान्तरणको संघर्षमा सक्रिय योगदान र्पुयाउँदै आएका तत्कालीन नेकपा माओवादी केन्द्र मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलान (बीर बहादुर) ले पार्टी सदस्यता तथा सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।

बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घलानले देश–जनताको हित, परिवर्तन र जिम्मेवारीका भावना बोकेर अघि बढेको आफ्नो लामो राजनीतिक यात्रामा व्यक्तिगत स्वार्थ कहिल्यै प्राथमिकता नभएको उल्लेख गरेका छन्।

उनले पार्टीले पछिल्लो समय अंगालेको नीति, दिशा र व्यवहार जनयुद्धको मूल मर्म, शहीदको बलिदान र जनआकांक्षाबाट क्रमशः अन्यत्र गएजस्तो महसुस भएको बताए। विचार, व्यवहार र सिद्धान्तबीच बढ्दै गएको दूरीले अब फरक बाटोबाट अघि बढ्नु नै उपयुक्त ठहरिएको उनको भनाइ छ।

घलानले विज्ञप्तिमा भनेका छन्, म २०८२ मंसिर २५ गतेदेखि तत्कालीन नेकपा माओवादी केन्द्र (नेपाली कम्युनिष्ट पार्टी) को साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट स्वतन्त्र रहने निर्णय सार्वजनिक गर्दछु।’

उनले पार्टी नेतृत्व, कार्यकर्ता तथा सर्वसाधारण जनताप्रति विगतको समर्थन, सहकार्य र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सद्भावना र मार्गदर्शनको अपेक्षा व्यक्त गरेका छन्।

घलान विगतमा मनहरी गाउँ समितिका अध्यक्ष तथा विभिन्न संरचनामा जिम्मेवारी निर्वाह गर्दै माओवादी आन्दोलनमा लामो समय सक्रिय रहेका नेता मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.