राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।
‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’ को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटना बढेको बताइएको छ ।सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ३ सय ४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ ।
हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् । निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ । गएको आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी १ हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस्




































