हेटौंडा। हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित सबै मिसिल झिकाउने आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतको इजलासमा भएको बहसपछि विगतमा यस मुद्दासम्बन्धी भएका अदालतका निर्णयहरू तथा विचाराधीन फाइलहरू माग गर्न आदेश जारी गरिएको हो।
सडक डिभिजन कार्यालय, हेटौँडाको निर्णयविरुद्ध पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले मंसिर १६ गते रिट दायर गरेका थिए। मंसिर १९ मा अदालतले उत्प्रेषण आदेश जारी गरिसकेको उक्त मुद्दामा अब पुस २ गते पुनः पेसी तोकिएको छ।
सर्वोच्चको शुक्रबारको आदेशअनुसार आगामी पेसीमा विगतका निर्णय तथा मिसिलहरूको अध्ययनपछि थप छलफल हुने जनाइएको छ।
प्रतिकृया दिनुहोस्



































