वाला वाला ग्राम्बा’ भिडियो सार्वजनिक (भिडियो सहित)

हेटौंडा।  तामाङ संगीत भिडियो ‘वाला वाला ग्राम्बा’ बजारमा दर्शकमाझ आज सर्बजनिक भएको छ। रंगीन तस्बिर, मौलिक पोशाक र आकर्षक कन्सेप्टसहित तयार गरिएको यो भिडियोको निर्देशन युद्धा लामा ले निर्देशन गरेका हुन्।

भिडियोलाई अझै जीवन्त बनाउन प्रकाश तामाङ तितुङ, युद्धा लामा, विक्रम लुङ्गवा, आकाङ्क्षा तामाङको अभिनय रहेको छ। गीतमा प्रकाश तामाङ तितुङ, युद्धा लामा, विक्रम लुङ्गवा र सुमिना लोको स्वर रहेको छ।

गीतका शब्द–संगीत चन्द्र कुमार दोङ को रहेको छ भने भिडियोको छायांकन दुर्गा श्रेष्ठ, रंग संयोजन तथा सम्पादन अनिल बिष्ट प्युठानी ले संभालेका छन्।

भिडियो बुद्धलिङ मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्मित भएको थियो । मोडल तथा गायक बिक्रम लुङ्वाका अनुसार यस गीतले तामाङ संस्कृतिको मौलिकता, पहिरन र नृत्य शैलीलाई समेट्दै दर्शकलाई मनोरञ्जनका साथ सांस्कृतिक पहिचान झल्काउनेछ।

भिडियो:

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.