एमालेको महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन अन्तिम चरणमा

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुँदैछ ।

भक्तपुरको ऐतिहासिकतालाई ख्याल गर्दै भक्तपुर महाधिवेशनस्थल रोजिएको भन्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणको मन्दिरसहित काठमाडौँका विभिन्न मन्दिरहरु पनि राखिएको जानकारी दिए ।

२२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले ३ लाख मानिस उतार्ने जनाएको छ ।
महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको शुभकामना पत्र पढिनेछ भने देशका प्रमुख पार्टीका नेताहरूको स्वयं उपस्थित भएर एमालेलाई शुभकामना दिने छ ।

कार्यक्रममा १० हजार स्वयंसेवक परिचालन गरिने भएको छ । त्यस्तै उनले महाधिवेशन भयरहित बनाउन ५ सय स्वयंसेवक ड्रेस कोडसहित नै परिचालन गरिने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.