बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल हिउँदे अधिवेशन आह्वान गर्न माग गरेका छन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।
उनीहरूले लामो समयदेखि प्रदेशसभा बन्द राखेर जनताका आवाज दबाउने प्रयास भएको जनाएका छन्। आवश्यक परे प्रदेशसभा नियमावलीअनुसार विशेष अधिवेशन बोलाउने प्रक्रिया अपनाउने चेतावनीसमेत दिइएको छ।
प्रतिकृया दिनुहोस्






















































