विक्रम लुङ्वाको तामाङ पप गीत रानी’सार्वजनिक(भिडियो सहित)

हेटौडा। ओपेरा डिजिटलको प्रस्तुतिमा तयार गरिएको नयाँ तामाङ पप गीत ‘रानी’ शुक्रवार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

गीतका संगीतकार तुलसी गौतम, सांगीतिक क्षेत्रका कलाकार, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।
गीतमा गायक विक्रम लुङ्वाको स्वर तथा अभिनय समावेश छ । भिडियोमा उनले मोडल आकाञ्छा तामाङसँग अभिनय गरेका छन् ।

गीतका शब्द सुरेश मोक्तानले लेखेका हुन् तुलसी गौतमले संगीत भरेका छन् । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोको निर्देशन युद्ध लामाले गरेका छन् । छायांकन दुर्गा श्रेष्ठ, सम्पादन विक्रम लुङ्वा, र रंग संयोजन बिनोद बमको रहेको छ ।

ओपेरा डिजिटल मार्फत सार्वजनिक गरिएको ‘रानी’ गीतलाई ४के भिजुअल क्वालिटीसहित युट्युबमा हेर्न सकिन्छ । कार्यक्रममा बोल्दै संिगतकार गौतमले रानी’ गीतले तामाङ पप गीतको क्षेत्रमा नयाँ उचाइ दिन सक्ने आशा व्यक्त गरे ।

भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.