भरतपुर महानगरपालिकाले महानगर क्षेत्रको सुरक्षा सुदृढ बनाउन सिसी क्यामेरा जडानको काम सुरु गरेको छ। २९ वटै वडाका मुख्य चोकसहित २०० भन्दा बढी स्थानमा ४१८ वटा सिसी क्यामेरा जडान गरिने छ।
महानगर प्रमुख रेनु दाहालले सोमबार क्यामेरा जडानको शुभारम्भ गर्दै सुरक्षित र भयरहित सहर निर्माणका लागि यो योजना अघि बढाइएको बताइन्। क्यामेरा नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान भइरहेको छ।
सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार करिब ५ करोड ५८ लाख रुपैयाँको लागतमा क्यामेरा जडान हुँदैछ। सबै क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयस्थित कन्ट्रोल रुमबाट गरिने छ।
प्रतिकृया दिनुहोस्























































