चुनावी सहकार्यमा उज्यालो नेपाल र सर्वोदय पार्टी

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता हुने भएको छ । आज एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।

दीपक साहले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर हालै सर्वोदय पार्टी गठन गरेका थिए । निर्वाचनमा भाग लिन चुनावी एकता गर्न लागिएको अध्यक्ष साहले बताए ।  बदलिँदो परिस्थितिमा परम्परागत ढङ्गबाट राजनीति अगाडि नबढ्ने भएकाले नयाँ सोचका साथ स्थापना भएका दुई पार्टीबिच चुनावी एकता हुन लागेको उनले बताए ।

उनले भने, ‘अहिले चुनावी एकता भएर काम गर्दै गएपछि परिस्थितिले साथ दियो भने पार्टी एकता पनि हुनसक्छ तर अहिले चुनावी एकता मात्र गर्न लागिएको हो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.