मकवानपुर। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाले ख्रीष्टमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले ख्रीष्टमसको अवसरमा यही पुस १०, ११ र १२ गते डिसेम्बर २५, २६ र २७ सार्वजनिक बिदा दिइएको हो।
ख्रीष्टियन समुदायले गाउँपालिकाको निर्णयलाई सकारात्मक रूपमा स्वागत गर्दै यसले धार्मिक अल्पसंख्यक समुदायको पहिचान र आस्थाको सम्मान भएको बताएका छन्। त्यस्तै, समुदायका अगुवाहरूले पनि सबै धर्म र संस्कृतिलाई समान दृष्टिले हेर्ने नीति गाउँपालिकाको सामाजिक एकताको आधार भएको प्रतिक्रिया दिएका छन्।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।
ख्रिष्टियन महासंघको अनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेकोदाबी गरेका छन् ।–
हेर्नुहोस् भिडियो:






















































