जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा भाग लिने (राखेप) को निर्णय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को वर्ष जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा हिजो बसेको राखेपको १ सय २४औं बोर्ड बैठकले एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको हो ।

अघिल्लो सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवादका कारण एशियाली खेलकुद अन्यौलमा थियो । राखेपले लामो समयदेखि विभिन्न खेलका खेलाडीलाई सम्मिलित गर्दै मिसन २०२६ सञ्चालन गरिरहेको छ ।

जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले ३० वटा खेलको सहभागिताका लागि एशियाली खेलकुद आयोजकलाई सूची पठाएको थियो । राखेपको पछिल्लो निर्णयले एशियाली खेलकुदको तयारीमा रहेका खेलाडी केही उत्साहित बनेका छन् । २०औं एशियाली खेलकुद २०८३ साल असोज ३ गतेदेखि १८ गतेसम्म जापानमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.