देश विकास पार्टीमा बालेन र कुलमान एक हुने संकेत

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच छलफल भएको छ ।

देश विकास पार्टीलाई एक भएर अगाडि बढाउने विषयमा उनीहरूबीच छलफल भएको हो । दुईबीच एकताका लागि सकारात्मक वार्ता भएको बताइएको छ । दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएका बताइएको हो । यद्यपि अन्तिम टुंगो लाग्न भने बाँकी छ ।

निर्वाचन आयोगमा दर्ता रहेको देश विकास पार्टीको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए। यस्तै बालेनले अन्य व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.