पुस २३ मा राक्सिराङ गाउँपालिकाको अधिवेशन

मकवानपुरको राक्सिराङ गाउँपालिकाले पुस २३ गते बुधबार आफ्नो १९ औँ हिउँदे अधिवेशन (गाउँसभा) आयोजना गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गर्दै अधिवेशन पालिकाको केन्द्र चैनपुरस्थित कार्यालय परिसरमा हुने जानकारी दिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२०) बमोजिम अधिवेशन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ।

अधिवेशनकै दिन गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक उद्घाटनसमेत गरिने भएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार उक्त भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम तय भएको छ।

मकवानपुर जिल्लाकै दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा करिब ७ कठ्ठा क्षेत्रफलमा उक्त प्रशासकीय भवन निर्माण गरिएको हो। चार तले ४३ कोठे भवन निर्माणमा कुल ६ करोड ४२ लाख रुपैयाँ लागत लागेको जनाइएको छ।

भवन निर्माणको जिम्मा पाएको जयमाता इन्जिनियरिङ निर्माण कम्पनीले २०७८ असार महिनादेखि काम सुरु गरेको थियो। सम्झौता अनुसार २०८२ असार मसान्तभित्र काम सम्पन्न हुनुपर्ने भए पनि करिब चार महिना ढिलो गरी भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.