“६४ राजनीतिक दलले समानुपातिक प्रणालीको बन्दसूची बुझाए”

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, पुस १३ र १४ गतेका लागि निर्धारण गरिएको कार्यतालिका अनुसार ६४ राजनीतिक दलले आफ्नो बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। यस प्रणालीमा ११० स्थानको लागि करिब ३,४२४ उम्मेदवारको नाम समावेश गरिएको छ। ५४ दलले आफ्नो निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् भने १० दलले साझा चिन्हमा उम्मेदवारी दिएका छन्। पुस १५ देखि २० गतेसम्म बन्द सूचीको छानबिन हुने छ, र २० गतेपछि सच्याउन समय दिइनेछ। माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.