उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लियो लिखित बयान

भदौ महिनामा भएको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट लिखित बयान संकलन गरेको छ।

आयोगका सदस्यहरू हिजो ओली निवास गुण्डु पुगेर बयानका लागि पत्र बुझाएका थिए। त्यसको प्रत्युत्तरमा ओलीले आयोगलाई लिखित वक्तव्य बुझाएका हुन्। यसअघि ओलीले आयोगलाई नमान्ने तथा बयान नदिने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकदेखि सुरक्षाकर्मी, तत्कालीन मुख्य सचिव, गृहसचिव र काठमाडौँका प्रमुख प्रशासनिक अधिकारीसम्मसँग बयान लिइसकेको छ। सबै बयान संकलनपछि आयोगले प्रतिवेदन लेखन प्रक्रिया सुरु गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.