हेटौडा/मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकमा भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएका छ मध्ये चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो आईतबार साँझ दुर्घटना भएको थियो ।
दुर्घटनामा परेका ९ जना घाईते मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएका मध्ये हेटौडा–४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने वर्ष २९ को निखिल अग्रवाल, भारतको बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार र भारतको बिहार राज्य बेगुसराई बस्ने बर्ष ५० को अरबिन्द कुमारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी मकवानपुरले जानकारी दिएको छ ।
त्यसैगरि अन्दाजी वर्ष ३५ र वर्ष ४० का दुईजनाको पहिचान खुल्न बाँकी रहेको छ । घाईतेहरुमा सुमो चालक हेटौडा –४ कर्रा चोक बस्ने बर्ष ४५ को गणेश थापा र हेटौंडा– कमलडाँडा बस्ने सबिता लम्सालको छोरा बर्ष १२ को अभ्यास लम्साल पुरानो मेडिकल कलेजमा र रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने बर्ष २१ कि रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।























































