सीता माविको स्वर्ण महोत्सवको दोस्रो दिन आज सेलोको रौनक, गायिका सुमिना लोको विशेष प्रस्तुति

मनहरी।  पाँच दशकको शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाइरहेको सीता माध्यमिक विद्यालयको स्वर्ण महोत्सवले  उत्साह र उमङ्गले भरिरहेको छ। महोत्सवको दोस्रो दिन आज २२ गते कार्यक्रम अझै रंगीन बन्ने भएको छ, जहाँ चर्चित सेलो गायिका सुमिना लोको विशेष सांगीतिक प्रस्तुति रहनेछ। सेलो संगीतको तालमा दर्शक झुम्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म चल्ने स्वर्ण महोत्सव आज २१ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा आरोह ब्यान्डका गायक महेश नेपाली, कलाकार रबिन चेपाङ र ईमान लामाको प्रस्तुतिले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

स्वर्ण महोत्सवको दोस्रो दिन आज हुने कार्यक्रम बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। यस दिन सांगीतिक प्रस्तुति मात्र होइन, विद्यालयको इतिहास, सांस्कृतिक पहिचान र शैक्षिक योगदानलाई स्मरण गर्ने विविध कार्यक्रममार्फत उत्सवको माहोल थपिने आयोजकको भनाइ छ।

विद्यालयको स्वर्ण यात्रा, विद्यार्थी–अभिभावकको योगदान र समुदायसँगको सम्बन्धलाई सम्मान गर्दै आयोजना गरिएको यस महोत्सवले शिक्षा र संस्कृतिको संगम प्रस्तुत गरिरहेको आयोजक संस्थाले विशेष पोष्टलाई जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.