नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्।
पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् ।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघको दुई कार्यकाल अध्यक्ष भएका थिए । शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन् ।
उनी ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए ।
प्रतिकृया दिनुहोस्



































