माघ २४ गतेदेखि सोनाम ल्होछार तथा साँस्कृतिक प्रवर्दन मेला हुने

मकवानपुर। तामाङ समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१४ मा माघ २४ गतेदेखि पहिलो पटक सोनाम ल्होछार तथा साँस्कृतिक प्रवर्दन मेला आयोजना हुने भएको छ । आज  वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष दिपक खड्काले १४ नम्वर वडामा पहिलो पटक सोनाम ल्होछार तथा साँस्कृतिक मेला हुने जानकारी दिए ।
वडा अध्यक्ष खड्काका अनुसार २४ गतेदेखि सुरु हुने मेला करिव एक हप्ता हुने बताईएको छ । जसका लागि आयोजक समिति समेत गठन गरेर तयारी गरिरहेको उहांले जानकारी दिएको छ । तामाङ समुदायको संस्कृतिको जगेर्नासँगै स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । मेला संचालनका लागि वडा कार्यालयबाट १० लाख रुपैया बजेट छुट्याईएको छ । सहरी क्षेत्रभन्दा बाहिर पनि मेला आयोजना गर्न सकिने वातावरण निर्माणका लागि १४ नम्बर वडामा मेला आयोजना गर्न लागिएको हो । मेलामा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । तामाङ समुदायको संस्कृति भेषभुषा झल्कने गरी तामाङ कलाकारबाट मेलामा कार्यक्रम प्रस्तुत गरिने बताईएको छ । संस्कृतिको पुस्तान्तरणका लागि पनि यो मेला कोसेढुंगा हुने आयोजक समितिका अध्यक्ष राजकुमार मोक्तानले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.