राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकतासम्बन्धी सहकार्य टुङ्गिएको छ। सहमतिका शर्तमा कुरा नमिलेपछि उज्यालो नेपालले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ।
सहकार्य टुटेसँगै रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उज्यालो नेपालको केन्द्रीय कमिटी बैठक जारी छ। उज्यालो नेपालका नेता गणेश घिसिङका अनुसार बैठकले कुलमान घिसिङलाई पार्टी अध्यक्ष घोषणा गर्ने निर्णय गर्नेछ।
उक्त निर्णय सार्वजनिक गर्न कुलमान घिसिङले आज साढे पाँच बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
प्रतिकृया दिनुहोस्



































