राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार नेपालमा झन्डै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल जीवनयापन गरिरहेको छ। शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको चपेटामा छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी गरिबी दर सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत छ। जिल्लास्तरमा अछाम जिल्लामा ४९.५८ प्रतिशत र कास्की जिल्लामा ५.६३ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको प्रतिवेदनले देखाएको छ।
पालिकास्तरमा जाजरकोटको जुनीचाँदे गाउँपालिकामा सबैभन्दा बढी ७७.८९ प्रतिशत र मुस्ताङको घरपझोङ गाउँपालिकामा सबैभन्दा कम १.१८ प्रतिशत जनसङ्ख्या गरिबीको चपेटामा छ।
काठमाण्डौ महानगरपालिकामा गरिबीको दर ६.८७ प्रतिशत भए पनि सङ्ख्यात्मक रूपमा ५९ हजार २ सय १८ जनसंख्या गरिबीको रेखाभन्दा तल छ।



































