मकवानपुरमा ट्रकसँग ठोक्किँदा एक मोटरसाइकल चालकको ज्यान गयो

मकवानपुरको ज्यामिरेमा आइतबार बिहान भएको दुर्घटनामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएपछि मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए। दुर्घटनामा मोटरसाइकल चालक ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ। मोक्तान मनहरी गाउँपालिका-७ का निवासी थिए।

घटनापछि घाइते मोक्तानलाई मनहरीस्थित अस्पतालमा प्राथमिक उपचार दिइएको थियो, तर उनको अवस्था जटिल भएपछि उनलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी पुस्कर बोगटीले पुष्टि गरे।

यस घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.