निर्वाचनका लागि सुरक्षित वातावरण तयार : निर्वाचन आयोग

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षित वातावरण रहने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाकै कारण चुनावी गतिविधि र मतदानमा कुनै अवरोध नआउने स्पष्ट गर्नुभयो। उहाँका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकायले समन्वयमा काम गरिरहेका छन्।

यसैबीच आयोगले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ। काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा हुने तालिमपछि उनीहरूले माघ २ गतेदेखि आफ्ना निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन्।


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.