संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा एक अत्याधुनिक पानी परीक्षण प्रयोगशाला हेटौंडामा उद्घाटित गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उक्त प्रयोगशालाको उद्घाटन गरिन्।
प्रयोगशालामा ग्राहकहरूका लागि निशुल्क पानी परीक्षण गरिनेछ भने अन्य सेवाग्राहीहरूका लागि शुल्क तोकिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए। कार्यक्रममा बोर्डका सदस्य प्रमोदसिंह रानाभाट, खानेपानी डिभिजन प्रमुख रविन श्रेष्ठ लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती रहेको थियो।
प्रतिकृया दिनुहोस्




































