एक प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु

काभ्रे जिल्लास्थित खानीखोला गाउँपालिकामा एक प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु भएको छ। प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय रामकृष्ण खड्का सोमबार दिउँसो करिब ३:३० बजे गोरेटो बाटोबाट २५ फिट तल खसेर मृत अवस्थामा फेला परे।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले घटनाको जानकारी दिँदै, खड्का सोमबार बिहान १० बजेको समयमा चौकीबाट बाहिर निस्किएका थिए। मृतक खड्काको स्थायी घर दोलखा भएको पनि उनले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.