टिचिङ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ । आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको छ ।

बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै थप समस्या आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.