उत्सवसँगै सेवा, सिद्धार्थको स्वर्ण महोत्सवमा दन्त शिविर

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० औँ वर्ष पूरा भएको अवसरमा मनाइरहेको स्वर्ण महोत्सवअन्तर्गत दन्त शिविर सम्पन्न गरेको छ।
विद्यालय परिसरमा सोमबार आयोजित निःशुल्क दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार परीक्षण गरिएका मध्ये १४६ जना विद्यार्थीमा दाँतसम्बन्धी समस्या देखिएको छ।
रोटरी क्लब अफ हेटौँडा, भुटनदेवी मावि एलुम्नाई एसोसिएसन तथा सिद्धार्थ निमावि २०३७ ब्याचका विद्यार्थीहरूको सहयोगमा शिविर आयोजना गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.