राष्ट्रिय लिगमा आर्मीको गोल वर्षा, चित्लाङको रोमाञ्चक जित

राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएका दुई खेलमा त्रिभुवन आर्मी क्लब र चित्लाङ फुटबल क्लब विजयी भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबमाथि एकतर्फी दबाब बनाउँदै ५–० गोलको फराकिलो जित दर्ता गर्‍यो। खेलको सुरुदेखि नै आक्रमक देखिएको आर्मीले मनाङलाई कुनै अवसर दिन सकेन।

त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चित्लाङ फुटबल क्लबले नव जनजागृति क्लबलाई २–१ गोलले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक बनेको खेलमा चित्लाङले अन्तिम समयमा अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्‍यो।

आजै हुने तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्। उक्त खेल दशरथ रङ्गशालामा बेलुकी ६:३० बजे सुरु हुने तालिका छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन्। सिङ्गल राउन्ड रोबिन प्रणालीमा खेलाइने लिगमा जम्मा १ सय ३६ खेल हुनेछन्।

लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला तथा एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेका छन्। प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.