मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी नेकपाले मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो । मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायीका रूपमा चिनिन्छन् । उनी २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस्



































