आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिला उम्मेदवारी न्यून देखिएको छ ।
१६५ क्षेत्रमा दर्ता भएका ३,४८४ उम्मेदवारमध्ये महिला मात्र ३९५ जना छन्, जुन ११.३४ प्रतिशत हो ।
कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपाजस्ता प्रमुख दलहरूले लैंगिक समानताको प्रतिबद्धता जनाए पनि टिकट वितरणमा पुरुष वर्चस्व कायमै छ ।
प्रतिस्पर्धी क्षेत्र महिलालाई नदिनु, चुनावी खर्च महँगो हुनु र संरचनागत सहयोग नहुनु महिला नेतृत्वका प्रमुख चुनौती बनेका छन् ।
प्रतिकृया दिनुहोस्



































