बीमा बोर्डको निर्देशन: नियम विपरित रिफर गरे दाबी भुक्तानी नपाउने तथा सम्झौता रद्द गर्ने

स्वास्थ्य बीमा बोर्डले बिरामीहरुलाई अनावश्यक रिफर (प्रेषण) नगर्न बीमामा आवद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो।

अस्पतालमा सेवा उपलब्ध हुँदा हुँदै पनि बिरामीलाई अनावश्यक रुपमा अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरित रहेको भन्दै यस्तो कार्य नगर्न बोर्डले चेतावनी दिएको छ।

सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न बोर्डको निर्देशन छ।

अनावश्यक रिफर गरेको पाइएमा त्यस्ता दाबीहरुको मूल्यांकन तथा भुक्तानी नगर्ने र आवश्यक परे सम्झौता निलम्बन वा खारेज समेत गर्ने बोर्डको चेतावनी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.