मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटनामा परेको छ।
दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस बिहान करिब सवा ३ बजे अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम रहेको छ भने बाँकी २८ जनाको अवस्था सामान्य छ। बसका चालक र सहचालक पनि सामान्य रूपमा घाइते भएका छन्।
घाइतेहरूको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ। १५ जनालाई मौलाकालिका अस्पताल, १३ जनालाई पुरानो मेडिकल कलेज, ६ जनालाई मुग्लिङस्थित जनता केयर अस्पताल र ४ जनालाई नयाँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रतिकृया दिनुहोस्




































