नेपाल टेलिकममा ८० जना कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

नेपाल टेलिकमले विभिन्न पदमा कर्मचारी मागेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी मागेको हो ।

सार्वजनिक सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्ममा दरखास्त दिन सकिनेछ । जसअनुसार उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रसासकिय अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदमा ८० जना कर्मचारी माग गरिएको हो ।

आवेदन दिँदा ८ र ९ तहका लागि ८०० रुपैयाँ, ६ र ७ तहको लागि ७०० रुपैयाँ, ४ र ५ तहको लागि ५०० रुपैयाँ र ३ तहको लागि ३०० रूपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

यसैगरी, समावेशी समूह ६, ७, ८ र ९ तहका लागि २०० र ३, ४ र ५ तहका लागि १०० रूपैयाँ शुल्क लाग्नेछ । दरखास्त आगामी फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दिन सकिनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.