बजेट खर्च ४६ प्रतिशत पुग्यो, पुँजीगत खर्च र राजस्व सङ्कलन कमजोर

अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । पुस मसान्तसम्म कुल बजेट खर्च वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.७५ प्रतिशतले बढी हो ।

कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये पुस मसान्तसम्म ९ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ । चालू खर्चतर्फ ४०.८२ प्रतिशत र पुँजीगततर्फ ११.६६ प्रतिशत मात्रै खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा चालू खर्च बढे पनि पुँजीगत खर्च ४.८६ प्रतिशतले घटेको छ ।

राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब रुपैयाँ उठ्ने अपेक्षा रहेकामा ५ खर्ब ८१ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ, जुन लक्ष्यभन्दा १ खर्ब २९ अर्ब रुपैयाँ कम हो ।

यस्तै, कुल १ खर्ब २५ अर्ब बेरुजुमध्ये ८ अर्ब रुपैयाँ मात्र फछ्र्यौट भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई पुस मसान्तसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.