पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो–हुस्सु, पहाड र हिमालमा मौसम खुला

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरस्वरूप हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने पहाडी र अन्य भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा भने बिहानैदेखि तुवाँलो देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ भने पहाडी तथा हिमाली भूभागमा भने मौसम प्रायः सफा रहनेछ।

आज राति पनि यही मौसमीय अवस्था कायमै रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहे पनि पहाड र हिमालमा मौसम खुला नै रहनेछ।

महाशाखाले हिमपात, वर्षा, कुहिरो तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य क्षेत्रका साथै हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.