नेपाल टेलिकमले बिहीवार आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव कार्यक्रम भव्य कार्यक्रम आयोजना गर्दै मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गरेकी थिइन् ।
समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइस न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासनमार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा तथा कम्पनीका पूर्वाधारहरुको महत्वपूर्ण योगदान रहने बताए । अर्यालले सरकारले लिएका नीति एवम् कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिए । उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरु समयमै सम्पन्न गर्नेतर्फ लाग्नु पर्ने बताए ।
नेपाल टेलिकमका नायव प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै नेपाल टेलिकमले फोरजीरएलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको र परिणामस्वरुप सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको बताए । फाइभ जी सेवा सुरुवात गर्नको निम्ति आपुर्तिकर्ताबाट प्राप्त भएको प्रस्तावको अध्ययन सम्पन्न भई रिभ्युको चरणमा रहेको, कम्पनीले FTTH सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको, ‘राष्ट्रको सञ्चार’ भएका कारण नेपाल टेलिकमले विगत देखि नै दुर्गम र अति विकट क्षेत्रमा समेत विभिन्न प्रकारले सेवा उपलब्ध गराइरहेको, Data Center निर्माणको निम्ति प्राप्त भएका उपकरणहरुको जडान सम्पन्न हुने चरणमा रहेको, नयाँ बिलिङ सिस्टमको पुनः बोलपत्रको लागि बोलपत्र कागजात पुनरावलोकन गर्न कमिटी गठन भई कार्य प्रारम्भ भएको Private Cloud Plateform (NT Cloud) को नयाँ बोलपत्र आब्हानको निम्ति बोलपत्र कागजातहरु रिभ्युको क्रममा रहेको जानकारी दिए ।
यसैबीच, कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण Online KYC Update को परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट भैरहेकोमा अब यसलाई देशभरका कार्यालयबाट अपडेट गर्न सकिने व्यवस्था गरिएको छ ।
माघ २२ देखि माघ २८ सम्म (७ दिन) Package subscription गर्ने GSM Prepaid/Postpaid ग्राहकलाई उपलब्ध गराइने छ । यस अनुसार रु २२२ मा २२ दिन Validity भएको २२ GB Data सहितको Double Two Pack र रु. २२ मा १ दिन Validity भएको २ GB Data सहितको Daily Two Pack उपलब्ध हुनेछ । त्यसैगरी रु. २२२ मा २२ दिन Validity भएको २२२ मिनेट All Net Voice, 4 GB Data र २२२ All Net SMS सहितको Celebration Combo Pack उपलब्ध हुनेछ ।
दूरसञ्चार कार्यालयहरुमा रहेको काउण्टरबाट हाल रु. ९०/- मा बिक्री गर्दै आएको Prepaid SIM रु २२ मा उपलब्ध गराइने छ । यो योजना नेपाल टेलिकमको सबै काउण्टरबाट माघ २२ देखि फाल्गुन १४ गते सम्म २२ दिनसम्म संचालन गरिने छ । FTTH सेवा अन्तर्गतका सबै प्याकेजहरु नयाँ जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क रु. ५०० माघ २२ देखि फागुन २२ गते सम्म मिनाहा गरिने छ । बिद्यार्थी अफरको हकमा भने उक्त अफरमा उल्लेख गरिए बमोजिम हुनेछ। FTTH सेवा अन्तर्गत हाल सञ्चालनमा रहेको बिद्यार्थी अफरको समयाबधि २२ फागुन २०८२ सम्म थप गरिएको छ ।
२१ माघ २०८२ सम्म कम्पनीको Yearly / Multi-yearly FTTH Data सेवा प्रयोग गरिरहेका सम्पूर्ण ग्राहकहरुलाई निजले उपलब्ध गराएको कम्पनीको मोवाइल नम्बरमा साविकमा उपलब्ध गराउँदै आएको मोबाइल डाटाको अलावा २२ जीबी मोवाइल डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो बोनस मोवाइल डाटा २२ माघ देखि २८ माघ सम्म Yearly / Multi-yearly FTTH Data नयाँ जडान गर्ने तथा नवीकरण गर्न ग्राहकहरुलाई समेत नवीकरण/नयाँ जडान गरेको भोलिपल्ट उपलब्ध हुनेछ । २२-२८ माघ २०८२ सम्म एक महिना/तीन महिना डाटा प्याकेज लिएका ग्राहकहरुले Yearly / Multi-yearly FTTH Data प्याकेज Renew गरेमा सो ग्राहकलाई समेत २२ जीबी मोवाइल डाटा बोनसको रुपमा उपलब्ध गराइने छ ।
FTTH जडान गर्न २८ माघ २०८२ सम्म Demand Portal मा दर्ता गराउने ग्राहकहरुलाई समेत बोनस डाटा उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइने मोवाइल बोनस डाटाको Validity ७ दिनको हुनेछ । पुरानो बाँकी बक्यौता तथा आसामी असुली कार्यलाई निरन्तरता दिइने कार्यक्रम स्वीकृत भएको र सोको कार्यान्वयनको लागि आ.व. २०७९/८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गते देखि मिति २०८२ माघ मसान्त सम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट दिने निर्णय भएकोमा सो जरीवाना छुटको म्याद २०८२ चैत्र मसान्त सम्म बढाइएको छ ।
कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, लिज लाइन तर्फका ठुला ग्राहक तथा FTTH र X-GPoN तर्फ सबैभन्दा बढी ग्राहक बनाउने उत्कृष्ट कार्यालयलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कलाकर्मी डटकमबाट



































