पोखरा रङ्गशालामा हिजो सम्पन्न साफ १९ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गर्दै उपाधि हात पारेको छ। साविक विजेता बङ्गलादेशलाई फराकिलो अन्तरले हराउँदै भारत प्रतियोगिताको नयाँ च्याम्पियन बनेको हो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ बङ्गलादेशकी अल्पी अक्तरले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि जितिन्। त्यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड भारतकी मुन्नीले प्राप्त गरिन् भने फेयर प्ले अवार्ड भारतले पाएको छ।
माघ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता रहेको थियो।
प्रतिकृया दिनुहोस्


































