टी–२० विश्वकप: कुशल र कमिन्दुको दमदार प्रदर्शनमा आयरल्यान्डमाथि श्रीलंकाको जित

गेटी इमेजेज

टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी सुरुआत गरेको छ। कोलम्बोमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको हो।

१६४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभर पूरा गर्न नपाउँदै १९ ओभर ५ बलमा १४३ रनमै सीमित रहनुपर्‍यो। टोलीका लागि रस अडिरलले ३४ रन बनाए भने ह्यारी टेक्टरले २३ बलमा ३४ रनको योगदान दिए। तर अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा आयरल्यान्ड लक्ष्यसम्म पुग्न सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १६३ रन जोडेको थियो। श्रीलंकाका कुशल मेन्डिसले संयमित तर प्रभावशाली ब्याटिङ गर्दै ४३ बलमा अविजित ५६ रन बनाए। उनको इनिङ्समा पाँच चौका समावेश थिए।

त्यस्तै, कमिन्दु मेन्डिसले आक्रामक शैली देखाउँदै मात्र १९ बलमा ४४ रन प्रहार गरे। उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थिए। आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले समान दुई–दुई विकेट हात पारे।

विश्वकप अन्तर्गत आज तीन खेल आयोजना हुँदैछन्। पहिलो खेल बिहान सवा ११ बजे इर्डन गार्डेन मैदानमा इटली र स्कटल्याण्डबीच हुनेछ। दोस्रो खेल दिउँसो सवा ३ बजे कोलम्बोमा ओमान र जिम्बाव्वे आमनेसामने हुनेछन् भने तेस्रो खेल बेलुकी सवा ७ बजे अहमदावादमा क्यानडा र साउथ अफ्रिकाबीच हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.