ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्गा आसपास क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको केन्द्रले जनाएको छ।
भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। तर मध्यराति आएको भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका थिए।
प्रतिकृया दिनुहोस्


































