“भीमफेदीकी एन्जल घिसिङलाई तिल गङ्गा गोबिन्द स्मृति छात्रवृत्ति प्रदान”

भीमफेदी, २९ माघ २०८२ – भीमफेदी निवासी समाजसेवी तथा साहित्यकार शुभाष चन्द्र पौड्यालद्वारा स्थापित ‘तिल गङ्गा गोबिन्द स्मृति प्रोत्साहन छात्रवृत्ति’ यस वर्ष महेन्द्र माध्यमिक विद्यालयकी छात्रा एन्जल घिसिङलाई प्रदान गरिएको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा घिसिङलाई नगद रु. २५,५५५ र प्रशंसापत्रसहित सम्मान गरिएको हो।

छात्रवृत्ति पौड्यालले आफ्नी माता तिल कुमारी, दिदी गङ्गा कुमारी र पिता गोबिन्द पौड्यालको स्मृतिमा स्थापना गरेको अक्षयकोषमार्फत हरेक वर्ष प्रदान गरिने व्यवस्था रहेको छ। यस छात्रवृत्ति विशेषगरी कक्षा १२ पुरा गर्ने, इमान्दार, अनुशासित, अध्ययनशील र विद्यालयको प्रतिष्ठा उच्च राख्ने छात्रालाई छनोट गरी प्रोत्साहन स्वरूप दिइने बताइएको छ।

संस्थापक शुभाष चन्द्र पौड्याल भीमफेदीमै जन्मेका हुन्। उनले महेन्द्र माध्यमिक विद्यालयमै अध्ययन गरेपछि करिब साढे दुई वर्ष त्यहाँ अध्यापन पनि गर्नुभएको थियो। नेपाल बैंक लिमिटेडमा ३० वर्ष सेवा गरेपछि निवृत्त हुनुभएका पौड्याल साहित्यिक र लेखन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। आफ्नो विद्यालय र पितृप्रतिको सम्मान स्वरूप यो अक्षयकोष स्थापना गरिएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौड्याल, विशेष अतिथि प्रधानाध्यापक कुमार लामा, कार्यक्रम सञ्चालक सहायक प्रधानाध्यापक सबिन दाहाल र अन्य शिक्षक तथा पदाधिकारीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै शुभाष चन्द्र पौड्यालले भने, “विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र मेहनती छात्राहरूलाई थप ऊर्जा प्रदान गर्न यो सानो प्रयास निरन्तर जारी रहनेछ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.