फागुन १ मध्यरातिबाट राष्ट्रिय सभाको चालु सत्र समाप्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। सरकारको सिफारिसअनुसार उनले फागुन १ गते शुक्रबार मध्यरातिबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा फागुन १ गते राति १२:०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.