नयाँ वर्ष २०८३ का चाडपर्वको मिति सार्वजनिक भएसँगै सर्वसाधारणमा उत्साह थपिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति द्वारा प्रकाशित पात्रोअनुसार यस वर्षको दशैं असोज २५ गते घटस्थापनाबाट सुरु हुनेछ।
कात्तिक २० गतेदेखि तिहारको रौनक सुरु हुने र २५ गते भाइटीका मनाइनेछ। छठ पर्व कात्तिक २९ गते परेको छ। यसैगरी माघ २४ गते सोनाम ल्होसार, फागुन २२ गते महाशिवरात्रि तथा चैत ७ र ८ गते क्रमशः पहाड र तराई क्षेत्रमा होली मनाइनेछ।
प्रतिकृया दिनुहोस्


































