बलियो सरकार बन्ने आशा जागेको छ : रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि देशमा बलियो र स्थिर सरकार गठन हुने र जनताको समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन्।

सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले वर्तमानमा रास्वपाप्रति देशभर सकारात्मक माहोल बन्न थालेको दाबी गरे। उनले भने कि सरकारमा रहँदा विभिन्न समस्याको समाधान प्रयास भए पनि सबै काम पूरा गर्न नसकिएको थियो।

लामिछानेले नेताहरूले केवल आश्वासन मात्रै नभई काममार्फत परिणाम देखाउनुपर्नेमा जोड दिँदै सुकुम्बासी समस्या समाधानका लागि व्यवहारिक पहल आवश्यक रहेको बताए। स्थानीयवासीहरूले पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको गुनासो उठाएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.