एमाले उम्मेदवार रानाको घरदैलो तीव्रता

हेटौंडा । आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ । यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर –१ को उम्मेदवार रहेका रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । बुधवार बिहान ७ बजेदेखि नै रानाले हेटौंडा उपमहानगरपालिका –१४ नम्वर वडाबाट घरदैलो शुरु गरेका रानाले मतदाताको घरदैलोमा पुग्दै आफ्ना र पार्टीका एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा फरक पहिचान बनाएका छन् । यही कारणले पनि उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन् । ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.