काठमाडौँका सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी छन्।
आगामी शनिबार र आइतबारभित्र थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने प्रधानमन्त्रीको योजनालाई कार्यान्वयन गर्न आवश्यक सुरक्षा रणनीति र समन्वयका विषयमा छलफल भइरहेको छ। सुरक्षा निकायहरूले बस्ती खाली गराउने क्रममा अपनाइने सुरक्षा योजना तयार पारेर लागू गर्ने तयारी गरेका छन्।
प्रतिकृया दिनुहोस्






















































