पर्सा राष्ट्रिय निकुञ्जद्वारा ‘बाघ मित्र’ अभियान सुरु, मानव–वन्यजन्तु द्वन्द्व घटाउने लक्ष्य

हेटौँडा — मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानले बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटनालाई न्यून गर्दै सहअस्तित्वको अवधारणा बलियो बनाउने लक्ष्य राखेको छ।

निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाका अनुसार पर्सा, बारा र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयसँगको सहकार्यमा समुदायस्तरमै कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीय सहभागितामार्फत जनचेतना अभिवृद्धि गर्ने, वन्यजन्तुबाट जोगिने उपाय सिकाउने र समस्या समाधानका उपायबारे छलफल गरिँदै आएको छ।

उनले बाघलाई पर्यापर्यटनको आधार बनाउन सकिने सम्भावना औँल्याउँदै जङ्गल डढेलो, चोरी शिकारीजस्ता गतिविधिले वन्यजन्तुलाई बासस्थानबाट बाहिर निस्कन बाध्य बनाउने बताए। यस्ता गतिविधि नियन्त्रण गर्न समुदायको सक्रियता आवश्यक रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वन्यजन्तुबाट प्रभावित नागरिकलाई करिब १९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जले जनाएको छ। तीमध्ये सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको छ।

यस अवधिमा अवैध शिकारी तथा वन पैदावारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्। जसमा हातहतियार प्रयोग गरी गरिएको शिकारीका ६ वटा र वन काठपातसम्बन्धी एउटा मुद्दा समावेश छन्। ती घटनामा १५ जना पक्राउ परेका छन्।

त्यसैगरी, गिट्टी–बालुवा तथा वन पैदावारबाट निकुञ्जले ६० लाख ५३ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.