आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ : देशभर सार्वजनिक बिदा

आज देशभर ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने मूल समारोह समितिको आयोजनामा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेल मा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।

उक्त समारोहमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। साथै, प्रधानमन्त्री सुशीला कार्की र संवैधानिक अंगका प्रमुखहरूको पनि उपस्थिति रहने जनाइएको छ।

प्रजातन्त्र दिवसले निरंकुश शासनविरुद्ध नेपाली जनताले गरेको ऐतिहासिक संघर्ष र प्राप्त उपलब्धिको स्मरण गराउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सबैलाई प्रेरित गर्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.